गण्डकीलाई हराउँदै एपिएफ फाइनलमा

सुर्खेत | पुस २५, २०८०

गण्डकीलाई हराउँदै एपिएफ फाइनलमा तस्वीर: फाइल

सुर्खेत:   कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा एपिएफ क्लब फाइनलमा पुगेको छ ।


वीरेन्द्रनगरस्थित खुलामञ्चको कोर्टमा बुधबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० ले हराँउदै एपिएफ उपाधि रक्षाको नजिक पुगेको हो । एपिएफले गण्डकीलाई २५–२३,२५–२० र २५–१५ ले पराजित गरेको थियो।


अपराजित एपिएफ समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल पुगेको थियो। त्रिभुवन आर्मी क्लब विजेता रहेको समूह ‘बी’ बाट उपविजेताका रुपमा गण्डकी अन्तिम ४ मा पुगेको थियो।


समूह ए बाट दोस्रो हुँदै अर्को विभागिय टोली नेपाल पुलिस क्लब सेमिफाइनल पुगेको थियो। आजै आर्मी र पुलिसबीच दोस्रो सेमिफाइनल हुनेछ।


नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल बिहीबार हुनेछ ।


गत वर्ष गण्डकीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३३ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आर्मीलाई हराउँदै एपिएफले उपाधि जितेको थियो।

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्